हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
सिन्धुलीमा हाइस दुर्घटना, चार जना घाइते
सिन्धुली — सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
मोरङबाट काठमाडौं जाँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइस ब्रेक फेल भएर अनियन्त्रित भई सडकको नालामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा धनुषाको गणेशमान नगरपालिका–७ की २२ वर्षीया रुवी साह र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्। सोही ठाउँका २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन्।
घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको प्रहरीले जनाएको छ। हाइसमा चालकसहित १४ जना सवार थिए।
दुर्घटनापछि प्रहरीले हाइस चालक मोरङको बेलबारी नगरपालिका–३ का २५ वर्षीय उमेश श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V