हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
पुनर्वास नगरपालिका ९ स्थित स्थानीय परोपकार समाज का युवाहरू आफ्नो गाउँ टोल तथा सडक सरसफाइमा सक्रिय भएका छन ।
साउने बरसात सुरु भए संगै सडक छेउछाउ तिब्र रूपमा झाडी जंगल बढेपछि स्थानीय युवाहरू सरसफाइमा जुटेका हुन ।
शनिबार स्थानीय परोपकार समाजको वडा नम्बर ९ अन्तर्गतका मुख्य तथा सहायक सडक छेउका झाडी सरसफाइ गर्नु का साथै सडकमा हुने खाल्डाखुल्डी पुर्ने कार्यमा जुटेका छन । “स्वच्छ बाटो, सुरक्षित समाज र सकारात्मक युवा — हाम्रो साझा जिम्मेवारी” भन्ने मुल नारा सहित युवाहरू सरसफाइमा जुटेका हुन ।
उनिहरू ले बिशेष गरि सुदूरपश्चिम कै ऐतिहासिक पर्यटन क्षेत्र प्याराताल परिसर तथा राष्ट्रिय मा.वि. जाने गेटदेखि खड्डा जाने बाटो आसपास रहेका भगालो, बयर लगायतका झाडी सफाइ सम्पन्न गरेका छन ।
परोपकार समाजको आव्हान मा खड्का कङ्कड प्रहरी चौकी बिचफाटा, सशस्त्र प्रहरी बल (APF) BOP पोस्ट बिचफाँटा, संस्थाका सल्लाहकार संयोजक नारायण प्रसाद जैशी, सदस्य कमल प्रसाद उपाध्याय लगायत , समाजसेवी तथा स्थानीयहरूको सहभागितामा रहेको थियो ।
संस्थाले सञ्चालन गरेको सरसफाइ अभियानको स्थानीयले प्रशंसा गर्दै समाजहितमा हुने यस्ता सकारात्मक कार्यका लागि धन्यवाद व्यक्त गरेका थिए। साथै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सरसफाइ अभियानमा सबैको साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा परोपकार समाजका अध्यक्ष नवराज बुढाले सरसफाइ अभियानमा उपस्थित भई सहयोग गर्ने प्रहरी, सशस्त्र प्रहरी, संस्थाका पदाधिकारी, युवा, समाजसेवी तथा स्थानीयवासीलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भगालो तथा बयरका झाडीका कारण बाटो आसपासको क्षेत्र असुरक्षित र अव्यवस्थित हुनुका साथै त्यस क्षेत्रको गलत प्रयोगले युवाहरूमा समेत नकारात्मक असर परेको बताउनुभयो।

अध्यक्ष बुढाले समाजलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले आगामी दिनमा सकेसम्म प्रत्येक शनिबार र आइतबार यस्ता सरसफाइ तथा सामाजिक सुधारका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिनुभयो। उहाँले समाज सुधार कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी नभई सम्पूर्ण समुदायको साझा दायित्व भएकाले सबैको निरन्तर सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V