हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष
बेलौरी, कञ्चनपुर- बेलौरी उद्योग वाणिज्य संघको पाँचौँ वार्षिक साधारणसभा अन्तर्गत शनिबार सम्पन्न अधिवेशनबाट उद्योगी, व्यापारी तथा समाजसेवी प्रकाशराज पन्त सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन्।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्रसिंह बुढाल, उद्योग उपाध्यक्षमा राजबहादुर चन्द, वाणिज्य उपाध्यक्षमा वसन्त पुन मगर, महासचिवमा रामेश्वर न्यौपाने, सचिवमा रिता चौधरी तथा कोषाध्यक्षमा रघुवीर भण्डारी सर्वसम्मत चयन भएका छन्।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा कैलाससिंह बिष्ट, बासुदेव भट्ट ‘शीतल’, यमबहादुर कडेल, विष्णुमाया कडेल, दिनेश बखरिया चौधरी, तारासिंह बिष्ट, यलोना श्रेष्ठ र अशोक चौधरी चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष प्रकाशराज पन्तले आफूलाई दिएको विश्वासप्रति सम्पूर्ण उद्योगी तथा व्यवसायीप्रति आभार व्यक्त गर्दै बेलौरी क्षेत्रको उद्योग, व्यापार र समग्र आर्थिक गतिविधिलाई सुदृढ बनाउन प्रतिबद्ध भएर काम गर्ने बताए।
उनले व्यवसायीहरूको हकहित संरक्षण, निजी क्षेत्रको प्रवर्द्धन, उद्यमशीलताको विकास तथा बेलौरीको आर्थिक, सामाजिक र व्यावसायिक उन्नतिका लागि संघलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
नवनिर्वाचित कार्यसमितिलाई व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V