www.enajar.com

पपुलर

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

कोरियामा सिपयुक्त श्रमिक पठाउने तयारीमा सरकार, ईपीएसमा असर पर्ने

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

चुनाव बहिष्कार गर्दै नेकपा (बहुमत)द्वारा फागुन ५ गते नेपाल बन्दको घोषणा

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

दुर्गा माविमा चार कोठे नयाँ भवन बन्ने, नगर प्रमुख र वडाध्यक्ष द्वारा शिलान्यास ।

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

कर्णालीका मुख्यमन्त्री भन्छन्- मन्त्रालयहरू घटाउनु पर्ने आवश्यकता छ

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

पुनर्वास नगरपालिकाको उन्नाइसौँ नगर सभा अधिवेशन : रु. ७६ करोड १७ लाख ११ हजार बराबरको वार्षिक बजेट पारित

समाचार प्रकाशित मिति :

पुनर्वास नगरपालिकाको उन्नाइसौँ नगर सभा अधिवेशन : रु. ७६ करोड १७ लाख ११ हजार बराबरको वार्षिक बजेट पारित

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

विकास र सेवा प्रवाहलाई उच्च प्राथमिकता : नगर प्रमुख तोय प्रसाद शर्मा

नवीन पार्की , कञ्चनपुर, १० असार । कञ्चनपुरको पुनर्वास नगरपालिकाको उन्नाइसौँ नगर सभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ७६ करोड १७ लाख ११ हजार बराबरको वार्षिक बजेट तथा कार्यक्रम संशोधनसहित पारित गरेको छ । नगर सभाध्यक्ष तथा नगर प्रमुख तोय प्रसाद शर्माले मंगलबार दिउँसो करिब ३ बजे नगर सभाको उन्नाइसौँ अधिवेशन विधिवत् रूपमा प्रारम्भ भएको घोषणा गर्नुभएको थियो ।

 

कार्यसूचीअनुसार नगर कार्यपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाले आगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम, वार्षिक राजस्व तथा व्ययको अनुमानसहितको संक्षिप्त बजेट भाषण सभासमक्ष प्रस्तुत गर्नुभयो । त्यसै गरी नगर प्रवक्ता तुलसी अर्याल (विनोद) ले २०८३ जेठ मसान्तसम्मको प्रगति समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभयो । नगर सभा अधिवेशनबाट वार्षिक नीति तथा कार्यक्रम, संक्षिप्त बजेट, न्यायिक समितिको वार्षिक प्रतिवेदन, २०८३ जेठ मसान्तसम्मको प्रगति समीक्षा प्रतिवेदन, आर्थिक विधेयक तथा विनियोजन विधेयक पारित गरिएको छ । योजना शाखाका अधिकृत सातौँ शङ्कर बोगटीले नगर सभा अधिवेशनको सहजीकरण गर्नु भएको थियो ।

 

नगर प्रमुख तोय प्रसाद शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका प्राथमिकताबारे जानकारी दिनुहुँदै नगरवासीको आधारभूत आवश्यकता सम्बोधन गर्ने गरी बजेट निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास, विपद् व्यवस्थापन, रोजगारी सिर्जना तथा सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको पुनर्वास नगरपालिका कार्यालय भवनको पुनर्निर्माणलाई पनि आगामी वर्षको महत्त्वपूर्ण प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

 

उहाँले सीमित स्रोतसाधनका बाबजुद नगरको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता वृद्धि र जनतासम्म सहज पहुँच पुर्‍याउने लक्ष्यसहित बजेट ल्याइएको स्पष्ट पार्नुभयो । नगर प्रमुख शर्माले उत्पादनमुखी कार्यक्रम, युवालाई स्वरोजगारसँग जोड्ने योजना तथा स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत आर्थिक गतिविधि बढाउने नीति लिइएको समेत बताउनुभयो । नगर प्रमुख तोय प्रसाद शर्माले विगतको क्षतिलाई विकासको अवरोध बन्न नदिई नागरिकलाई सहज सेवा प्रदान गर्ने लक्ष्य लिइएको उल्लेख गर्नुभयो ।

 

नगर सभाबाट नगरपालिकाका कर्मचारीहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने निशा चन्द, रेखा रोकाया, प्रकाश अधिकारी, जनक धामी र हिरा बोगटी सिंह सम्मानित हुनु भएको छ । त्यसै गरी सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने पुनर्वास जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक मान बहादुर तामाङ, साहित्यकारद्वय दिननाथ बराल र गणेश न्यौपाने तथा समाजसेवी नारायणी जोशीलाई पनि सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले जानकारी दिनुभयो ।

 

यस वर्षको नगर सभा अधिवेशनमा विगतभन्दा केही फरक र सकारात्मक दृश्य पनि देखियो । नगर सभा न्यूनतम खर्चमा मितव्ययी ढङ्गले सम्पन्न गर्ने उद्देश्यले सभामा उपस्थित सबैका लागि नगरपालिकाभित्रकै कर्मचारीहरू स्वयम् सम्मिलित उपसमितिले खाना पकाएर खुवाएको थियो । त्यसै गरी सहभागीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय क्षेत्रमै गोरसबाट उत्पादित लस्सी वितरण गरिएको थियो ।

 

यस कदमलाई स्थानीय उत्पादनको प्रवर्द्धनसँगै स्वास्थ्यप्रति संवेदनशील अभ्यासका रूपमा समेत हेरिएको पुनर्वास नगरपालिकाका सूचना अधिकारी कृष्ण भट्टको भनाइ छ । मितव्ययिता, स्थानीय स्रोतको उपयोग र जनमुखी विकास प्राथमिकतासहित आयोजित पुनर्वास नगर सभाले आगामी आर्थिक वर्षका लागि विकास र सेवा प्रवाहमा नयाँ अपेक्षा जगाएको छ ।

 

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त

सुदूरपश्चिममा एमालेका सबै मन्त्रीलाई मुख्यमन्त्रीले गरे बर्खास्त

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

जीवनलाई सन्तुलनमा राख्ने १० कुरा, जुन नजान्दा दु:ख पाइन्छ

पुनर्वास नगरपालिकाको उन्नाइसौँ नगर सभा अधिवेशन : रु. ७६ करोड १७ लाख ११ हजार बराबरको वार्षिक बजेट पारित

पुनर्वास नगरपालिकाको उन्नाइसौँ नगर सभा अधिवेशन : रु. ७६ करोड १७ लाख ११ हजार बराबरको वार्षिक बजेट पारित

संसद् बैठकमै ढलेका सांसद भरत खड्कालाई वीर अस्पताल लगियो

संसद् बैठकमै ढलेका सांसद भरत खड्कालाई वीर अस्पताल लगियो

हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार

हेलिकप्टरमार्फत एक बेलायती नागरिकसहित ११९ जनाको उद्धार

पुनर्वासको ६५ बिघामा कृषि क्याम्पस निर्माणका लागि उठाइएको रकमको पारदर्शी हिसाब सार्वजनिक गर्न माग

पुनर्वासको ६५ बिघामा कृषि क्याम्पस निर्माणका लागि उठाइएको रकमको पारदर्शी हिसाब सार्वजनिक गर्न माग

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

नयाँ स्मार्टफोन ‘फोन थ्री ए’ सार्वजनिक गर्दै नथिङ, के-के आउँदैछन् फिचर ?

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V