हटलाईन नम्बर : 9743231188
enajaronline@gmail.com
प्रकाशक तथा अध्यक्ष

कंचनपुर | हरेक बर्ष झै यस बर्ष पनि पुनर्वास का विभिन्न क्षेत्रमा हर्षउल्लाहसका साथ द्विप प्रज्वलन गरि संविधान दिवस मनाईएको छ ।
नेपाल कम्युनिस्ट पार्टी पुनर्वास नगर कमिटीले पुनर्वास नगरपालिका ३ आई बी आर डी स्थित सहिद गेट नजिकै द्विप प्रज्वलन तथा सहिद हरूको सम्झना गर्दै संविधान दिवस कार्यक्रम मनाएको छ भने पुनर्वास नगरपालिका ६ प्रतिभानगर बजार समितिले पनि बजारको मध्ये भागमा रहेको कालिका मन्दिर चोकमा द्विप प्रज्वलन गरि संविधान दिवस मनाएको छ । बजार व्यवस्थापन समिति अध्यक्ष अमित रोकायाले उक्त कार्यक्रम को सहजीकरण गरेका थिए ।
उता पुनर्वास नगरपालिका ५ र २ को मध्ये भागमा रहेको पशुपति चोकमा पनि द्विप प्रज्वलन गरि संविधान दिवस मनाईएको छ ।
कालिका बजार को सहिद गेट स्थित आयोजित कार्यक्रम लाई नेपाल कम्युनिस्ट पार्टीका नेता जिबनराज थापाले संविधान दिवस मनाउनु को औचित्य बारे उपस्थित भेलालाई सम्बोधन गरेका थिए ।
असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा संविधानले प्रत्याभूत गरेका अधिकार र स्वतन्त्रताको संरक्षणसँगै नागरिकले संविधानप्रति आफ्नो कर्तव्य र जिम्मेवारीसमेत स्मरण गर्नुपर्ने आवश्यकता देखिन्छ। संविधानको भावना र मर्मअनुसार लोकतान्त्रिक व्यवस्था, सुशासन, सामाजिक न्याय, समानता र समावेशी विकासलाई व्यवहारमा कार्यान्वयन गर्नु दिवसको महत्वपूर्ण सन्देशका रूपमा रहेको कार्यक्रम का प्रमुख अतिथ समेत रहेका थापाले जोड दिनुभयो ।
कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी नगर कमिटी संयोजक ईश्वर बुढाको अध्यक्षतामा भएको थियो ।
नेपालमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ। नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको स्मरणमा यो दिवस मनाउने गरिएको हो। संविधान जारी भएको दिनलाई नेपालको राजनीतिक तथा संवैधानिक इतिहासमा महत्वपूर्ण दिनका रूपमा लिइन्छ।
२०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट पारित नेपालको संविधान जारी गर्नुभएको थियो। संविधान जारी भएसँगै नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गर्ने महत्वपूर्ण चरणमा प्रवेश गरेको थियो।
संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यका रूपमा परिभाषित गर्दै संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासन संरचनाको व्यवस्था गरेको छ। त्यस्तै, संविधानले नागरिकका मौलिक हक, राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू, समावेशिता, समानता, सामाजिक न्याय, स्वतन्त्र न्यायपालिका र कानुनी शासनलगायतका विषयलाई संवैधानिक आधार प्रदान गरेको छ।
संविधान दिवसका अवसरमा संघ, प्रदेश तथा स्थानीय तहका सरकारी निकाय, विभिन्न संघसंस्था र नागरिक समाजले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेका छन्। सरकारी तथा सार्वजनिक निकायमा राष्ट्रिय झण्डा फहराउने, संविधानको महत्वबारे चर्चा तथा अन्तरक्रिया गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिन्छ।
नेपालको वर्तमान संविधान संविधानसभाबाट जारी भएको नेपालको पहिलो संविधान हो। यसअघि नेपालमा विभिन्न समयमा विभिन्न संविधान लागू भएका थिए। २००४ सालको नेपाल सरकार वैधानिक कानूनदेखि २०६३ सालको अन्तरिम संविधानसम्मका संवैधानिक व्यवस्थापछि २०७२ सालमा वर्तमान संविधान जारी भएको हो।

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४
कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं:
© 2026 eNajar. Website Designed By R4J33V