www.enajar.com

पपुलर

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

पुनर्वासमा ‘वर्ण व्यवस्था उन्मूलन समाज’ को वार्षिक साधारण सभा सम्पन्न

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

निर्वाचन आचारसंहिता लागू भएपछि पुनर्वास महोत्सव–२०८२ को मिति परिवर्तन हुने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

जनजागरण सामुदायिक वनमा पर्यटन पूर्वाधार विकासको निर्णय, उपभोक्ताको निजी लगानीमा योजना अघि बढ्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

लालझाडीमा हात्तीको आक्रमण : हजुरआमा घाइते, ६ वर्षीया नातिनीको मृत्यु

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

गर्भवती महिलाको ‘डाइट चार्ट’ : बिहान, दिउँसो, बेलुका के-के खाने ?

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

‘मोहर’ को ट्रेलर ५ देशमा ट्रेन्डिङमा

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template

दोलखाको यलुङ-री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको शव भेटियो

समाचार प्रकाशित मिति :

दोलखाको यलुङ-री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको शव भेटियो

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

कंचनपुर । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ–री हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनाको शव भेटिएको छ।

गत वर्ष कात्तिक १७ गते हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पाँच विदेशी नागरिकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

स्थानीयले पाँचवटा शव देखिएको जानकारी दिएपछि ड्रिम डेस्टिनेसनले शव सङ्कलन तथा पहिचानका लागि हेलिकोप्टर पठाएको थियो। खराब मौसमका कारण उद्धारमा समस्या भए पनि सोमबार हेलिकोप्टर घटनास्थल पुगेर तीनवटा शव गोंगर ल्याइएको र बाँकी दुई शव ल्याउन हेलिकोप्टर पुनः घटनास्थल गएको प्रहरीले जनाएको छ।

मौसममा सुधार आए सोमबार नै पाँचवटै शव गोंगर ल्याउने तयारी रहेको प्रहरीले जनाएको छ।

गत वर्ष नेपाली तथा विदेशी गरी १५ जना यलुङ–री हिमाल आरोहणका लागि गएका थिए। हिमपहिरोमा परेका आठ जनाको सकुशल उद्धार भएको थियो भने सात जना बेपत्ता भएका थिए। तीमध्ये दुई जनाको शव त्यतिबेलै भेटिएको थियो।

बेपत्ता पाँच जनामा फ्रान्सकी मेनफेडी क्रिस्टिना एन्ड्रे, इटालीका पाउलो कोको र मार्कोस किरचिलर, जर्मनीका ज्याकोब इसरिवर तथा क्यानडाका मार्को डि मारसेलो रहेका थिए।

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?

हाम्रो बारेमा

सूचना विभाग दर्ता नं: ५४७९-२०८३/२०८४

कम्पनी दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
प्रेश काउंसिल नेपाल दर्ता नं: 

हाम्रो टीम

सञ्चालक / सह-सम्पादक - नवीन पार्की

सम्पादक - जोति प्रकाश जोशी

व्यवस्थापक / सम्बाददाता - केशव कार्की

© 2026 eNajar. Website Designed By R4J33V