www.enajar.com

पपुलर

हटलाईन नम्बर : 9743231188

enajaronline@gmail.com

Edit Template
www.enajar.com
Edit Template
ताजा समाचार

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

समाचार प्रकाशित मिति :

चन्द्रागिरिमा बन्यो देशकै ठुलो डेटा सेन्टर, अबको ४ महिनामा सञ्जालमा आउने*

समाचार प्रकाशित मिति :

Picture of लाल बहादुर एस के

लाल बहादुर एस के

प्रकाशक तथा अध्यक्ष

काठमाडौं । नेपालको सबैभन्दा ठुलो डेटा सेन्टर ‘डेटा वर्ल्ड’को भौतिक निर्माण कार्य सम्पन्न भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले काठमाडौं चन्द्रागिरिको फेदमा रहेको मातातीर्थ सबस्टेसन नजिकै देशको सबैभन्दा ठुलो डेटा सेन्टर तयार पारेको हो ।

कम्पनीका अनुसार यो अत्याधुनिक डेटा सेन्टर ३.५ मेगावाटको आईटी पावर क्षमता र ५२० ‍र्‍याकले सजिएको छ । यसले नेपालको डिजिटल पूर्वाधारलाई बलियो बनाउन र देशव्यापी रूपमा डेटा सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा कम्पनीले राखेको छ ।

यो डेटा सेन्टर नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेसन नजिकै भएकाले विद्युत् आपूर्ति र नेटवर्क कनेक्टिभिटीमा कुनै समस्या नहुनेमा कम्पनी विश्वस्त छ । वर्ल्डलिंकले प्रत्येक प्रदेश तथा जनघनत्व बढी भएका देशका प्रमुख स्थानमा एक-एक ओटा एज डेटा सेन्टर समेत स्थापना गर्ने लक्ष्य राखेको छ । यसले व्यवसायलाई वितरित क्षमता, छनोट र उत्कृष्ट कनेक्टिभिटी दिने कम्पनीले जनाएको छ ।

भूकम्प प्रतिरोधी क्षमता भएको यो डेटा सेन्टर उच्च सुरक्षा, क्यारियर न्युट्रल र क्लाउड तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मसिन लर्निङ (एमएल) वर्कलोडका लागि उपयुक्त हुने किसिमले डिजाइन गरिएको दाबी छ । यसले नेपाली व्यवसायी खासगरी टेलिकल, इन्टरनेट सेवा प्रदायक र अन्य व्यवसायका लागि डेटा स्टोरेज तथा सञ्चारमा सहजता ल्याउने कम्पनीको अपेक्षा छ ।

वर्ल्डलिंकले यस डेटा सेन्टरलाई नेपालकै पहिलो टियर ३ र एज प्रमाणित हरित सुविधा युक्त भएको दाबी गरेको छ । यो डिजिटल नेपालको भविष्य र समग्र डिजिटल इकोसिस्टमका लागि डिजाइन गरिएको कम्पनीको भनाइ छ । यसले नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रको रूपमा स्थापित गर्न मद्‍दत गर्ने कम्पनीको विश्वास छ । यो डेटा सेन्टर अबको चार महिनामा सञ्चालनमा आउने बताइएको छ ।

 

लेखकको बारेमा

eNajar
eNajar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

पपुलर समाचार

पपुलर समाचार

छुटाउनुभयो कि ?

यो वेबसाइट इनजर अन्लाईन मिडिया को आधिकारिक समाचार माध्यम हो। नेपाली भाषामा सञ्चालित यस पोर्टलले विविध समाचार सूचना र विश्लेषण प्रस्तुत गर्दछ।

 

सम्पर्क

हाम्रो टीम

Picture of नवीन पार्की  / प्रकाशक तथा अध्यक्ष

नवीन पार्की / प्रकाशक तथा अध्यक्ष

हाम्रो बारेमा

कम्पनी रजिस्ट्रारको कार्यालय दर्ता नं: ३९५९९८/८२/८३
स्थाइ लेखा नं: ६२३६५४०७९
सूचना तथा प्रशारण विभाग दर्ता नं:
प्रेश काउंसिल नेपाल दर्ता नं: 
नगरपालिका कार्यालय दर्ता नं:

© 2026 eNajar. Website Designed By R4J33V